जनचाहना न्युज
तनहुँ ११ साउन
तनहुँको व्यास नगरपालिका वडा नं ९ स्थित माँझफाँट निवासी २३ बर्षीय शुष्मा थापा अधिकारी पाँच दिन देखि बेखबर भएकी छन् ।
गत साउन ७ गते शनिबारका दिन दमौली औषधी लिन भनि हिडेकी अधिकारी परिवारजनसंग सम्पर्क बिहीन भएकी हुन् ।
अधिकारी सम्पर्क बिहीन भएको दिन देखि परिवारजन र आफन्तजनहरु चिन्तित भएको निजका पति बिक्रम अधिकारीले बताए ।
अधिकारीका पति बिक्रम अधिकारीले बेपत्ता भएकी शुष्मा तनहुँको डुम्रेबजारसम्म हिडेको सिसि टिभिको फुटेजमा देखिएको उनले जानकारी दिए ।
बेखबर भएकी महिला करिब ५ फिट उचाई र रातो वर्णकी रहेकी बताइएको छ । उक्त हुलिया भएकी महिलालाई फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर दिन पति बिक्रमले सबैमा आग्रह गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij