जनचाहना न्युज
तनहुँ १२ साउन
तनहुँको ऋषिङ्ग गाउँपालिका कार्यालयको आफ्नै भवन निर्माण गरिएको छ । ऋषिङ्ग गाउँपालिका–७ स्थित पोखरीभञ्ज्याङ्गमा गाउँपालिकाको रु.तीन करोड पचासी लाखको लागतमा तीन ढलानको भवन निर्माण कार्य सम्पन्न गरेको हो ।
उक्त भवन निर्माण कार्यको जिम्मा ऋषि बिल्र्डस प्रा.लि.डुम्रे तनहुँले पाएको सो कार्यालयले जनाएको छ । गाउँपालिका कार्यालयले नयाँ भवनबाट सेवाग्राहीलाई दिन थालेपनि भवनको अझै फिनिसिङ्ग भैनसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले जानकारी दिए । निर्माण कार्य बाँकी रहेकोले कम्पनीलाई भुक्तानी दिन पनि बाँकी रहेको उनले बताए ।
यसअघि साबिक गाउँ विकास समितिको भवनबाट गाउँपालिका कार्यालयले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको थियो ।
ऋषिङ्ग गाउँपालिका मातहत रहेका आठ वटा वडाहरु मध्ये वडा नं २ र ५ को भवन निर्माणको लागि टेण्डर भैसकेको छ । त्यसैगरी अन्य ६ वटा वडाहरु आफ्नै भवनमा रही भाडामुक्त बनेको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए ।
त्यसैगरी आठ वटै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न गरि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको सो गाउँपालिकाले जनाएको छ ।
प्रत्येक वडाहरुमा सामुदायिक स्वास्थ्य इकाई निर्माण गर्ने क्रममा ६ स्थानमा भवन निर्माण कार्य सम्पन्न भएको छ भने अन्य स्थानमा पनि निर्माण कार्यको तयारी भैरहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij