जनचाहना न्युज
तनहुँ १३ साउन
नेपाल रेडक्रस सोसाइटी बेलटारी उपशाखाको आयोजनामा व्यास ११ ढुंगेथुप्री स्थित जग्गामा शुक्रबार विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको छ । उपशाखाका सभापति कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने थिए । नगरप्रमुख न्यौपानेले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा स्थानीय एक सय बढी सहभागि भएर बिरुवा रोपेका थिए ।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी तनहुँका सदस्य सुर्यचन्द्र हडखले,भुमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, वडा अध्यक्ष दल बहादुर दुरा, वडा सदस्य रामकृष्ण अधिकारी, गोकुल राना पुर्ब वडा अध्यक्ष नीर बहादुर खड्का नेपाल रेडक्रस सोसाइटी वेलटारी उपशाखाका समितिका पदाधिकारी, सदस्य ,आजिवन सदस्य, बाराही मा बि का प्रधानाध्यापक हिरा अधिकारी, चण्डिका आबि का प्र अ सुरेन्द्र अधिकारी , संस्थाका सचिव बिश्वनाथ अधिकारी,उपसभापती शोभा बढु अधिकारी,कोषाध्यक्ष हरि कोइराला, सहसचिव बिनोद कैनी,निवर्तमान सभापती भरत नहर्की,सहकोषाध्यक्ष लोकराज सेढाई, झलकराज पौडेल,केशब भट्टराई, माधब खनाल ,मेनुका कार्कि, भैरब पन्थ,प्रत बहादुर दरै,श्रीमाया दरै , धन बहादुर दरै लगायतको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij