Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सामुदायिक विद्यालयको छात्रतर्फ सत्यवतीका पण्डित,छात्रातर्फ खैरेनीटारकी सुलोचना तनहुँकै उत्कृष्ट

  • 452
    SHARES
  • 452 Shares
  • जनचाहना न्युज 
    तनहुँ १३ साउन 
    व्यास नगरपालिका २ स्थित रहेको सत्यवती माध्यमिक बिद्यालयले एसईईमा तनहूँकै उत्कृष्ट नतिजा हासिल गरेको छ । बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा छात्र तर्फ सत्यबतीका सिद्धार्थ पण्डितले ३.८८ जिपिए सहित सामुदायिक बिद्यालयतर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएका छन् । त्यसैगरी छात्रातर्फ शुक्लागण्डकी नगरपालिका–६ खैरेनी माध्यमिक विद्यालयकी सुलोचना सुवेदीले ३.८५ जिपिए ल्याएर उत्कृष्ट भएकी छन् । 
     एसईईको नतिजामा प्राविधिकतर्फबाट उक्त विद्यालयमा अध्यनरत सिद्धाथ पण्डितले ३.८८ जिपिए हासिल  गरेको बिद्यालयका प्रधान्धयापक एकबहादुर गुरुङले जानकारी दिए । त्यसैगरी साधारणतर्फ सन्ध्या श्रेष्ठ र सुबेक्ष्या पाण्डेले ३.८० जिपिए हासिल गरेकी छन् । बर्षौपिच्छे उत्कृष्ट नतिजा प्राप्त गर्ने नेपालकै नमुना बिद्यालयको रुपमा परिचित सत्यवती माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षक बढ्दै गएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले बताए । 
    त्यसैगरी माध्यमिक शिक्षा परिक्षा एसईईमा शुक्लागण्डकी नगरपालिका–६ खैरेनी माध्यमिक विद्यालयकी सुलोचना सुवेदी सामुदायिक विद्यालयको साधारण धारतर्फ तनहुँ जिल्लामै उत्कृष्ट भएकी छिन् । विद्यालयका प्रधानाध्यापक बोधराज ढकालले सुवेदी सामुदायिक विद्यालयको साधारण धारतर्फ जिल्लाकै सर्वोत्कृष्ट र, सामुदायिक र संस्थागत विद्यालयको छात्रातर्फ पनि सर्वोत्कृष्ट रहेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार