Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासले थाल्यो शिक्षा क्षेत्रमा नयाँ आयम ः चालिस जना शिक्षक नियुक्ति गरिदै,विद्यालयसंग माग्यो प्रस्तावना  

  • 524
    SHARES
  • 524 Shares
  • जनचाहना न्युज 
    तनहुँ १३ साउन
    व्यास नगरपालिका कार्यालयले व्यास क्षेत्रभित्र संञ्चालित सामुदायिक विद्यालयहरुमा चालिस जना स्वयमसेवक शिक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । व्यासका सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव परिपूर्ति गर्न,पठनपाठनमा सहजता प्रदान गर्न र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले स्वयमसेवक शिक्षक नियुक्ति गर्न लागेको हो । 
    विद्यालयमा रहेका कूल बिषयगत र तहगत शिक्षक दरबन्दी बिवरण र विद्यार्थी विवरण सहितको प्रस्तावना र विद्यालयको पत्र माग गरिएको व्यास नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए । 
    आधारभूत तहमा पच्चीस जना र माध्यमिक तहमा पन्ध्र स्वयसेवक शिक्षाक नियुक्ति गर्न नगरपालिकाको साउन ८ गतेको बोर्ड बैठकको निर्णय अनुरुप शिक्षक नियुक्ति गर्न लागेको हो । 
    विद्यालयमा आवश्यकता रहेको बिषयगत र तहगत शिक्षकको निर्णय गरी विद्यालयले विद्यालय व्यवस्थापन समितिको निर्णय सहित साउनको १७ गतेभित्र व्यासमा पेश गर्न भनिएको छ । 
    उक्त तोकिएको समय अवधिमा प्रस्तावना पेश नभएका विद्यालयको   स्वयमसेवक शिक्षक व्यवस्थापनका लागि गणना नगरिने शिक्षा अधिकृत पराजुलीले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार