जनचाहना न्युज
तनहुँ १४ साउन
एसइई परीक्षा २०७८ को नतिजा प्रकाशितमा तनहुँकी सारा अधिकारी तनहुँकै उत्कृष्ट बन्न सफल भएकी छन् । व्यास नगरपालिका–४ स्थित पराशर आवासीय माध्यमिक विद्यालयकी मेधावी छात्रा अधिकारीले ३.९५ जिपिए ल्याएर जिल्लाकै उत्कृष्ट बनेकी हुन् ।
अधिकारीले विद्यालयको प्रतिष्ठानलाई नयाँ उचाई राख्दै जिल्लाकै गौरब बन्न सफल भएकी विद्यालयका प्राचार्य अमृत भण्डारीले बताए ।
त्यसैगरी,बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा व्यास नगरपालिका–२ स्थित सत्यबती माध्यमिक विद्यायलका सिद्धार्थ पण्डितले ३.८८ जिपिए ल्याएका थिए । सामुदायिक बिद्यालयबाट छात्र तर्फ पण्डितले उक्त जिपिए ल्याएका हुन् ।
त्यसैगरी छात्रातर्फ शुक्लागण्डकी नगरपालिका–६खैरेनी माध्यमिक विद्यालयकी सुलोचना सुवेदीले ३.८५ जिपिए ल्याएकी छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij