Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास–१ का समाजसेवी बस्नेतको १०१ बर्षको उमेरमा निधन 

  • 353
    SHARES
  • 353 Shares
  • जनचाहना न्युज 
    तनहुँ १५ साउन 
    नेपाल काँग्रेस व्यास नगरपालिका–१ का निवर्तमान वडा सभापति एवं स्थानीय तहको निर्वाचनमा वडा सदस्य निर्वाचित मणिजंङ्ग बस्नेतलाई पितृशोक परेको छ । उहाँक बुबा भीमबहादुर बस्नेतको १०१ बर्षको उमेरमा शनिबार राती मृत्यु भएको हो । 
    व्यास नगरपालिका–१ रत्यौली टोल निवासी बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका संस्थापक अध्यक्ष भई लामो समय देखि सोही पार्टीमा रहेर सक्रिय रुपमा काम गर्दै आएका व्यक्ति हुन् । 
    उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले बताए । स्व.बस्नेत साविक कर्लुङ्ग गाविसको अध्यक्ष र उपप्रधानपञ्च भएर काम गरेका व्यक्ति थिए ।  

    ghat.jpg
    स्व.बस्नेतले वडाभित्र रहेका जलदेवी मावि,निर्मल मावि र आदिकवि भानुभक्त क्याम्पस निर्माणको लागि महत्वपूर्ण भूमिका खेलेका पुराना इतिहास बोकेका व्यक्तित्व हुन् ।
    विभिन्न सामाजिक संघसंस्थामा रहेर सक्रिय भूमिका निर्वाह गर्नु भएका स्व.बस्नेत समाजसेवीका रुपमा उत्तिकै परिचित थिए ।  स्व.बस्नेतले व्यास नगरपालिका–१ माहिली डाँडाका बासिन्दालाई गल्बुबेसी डाँडादेखि पानी ल्याएर खुवाउन महत्वपूर्ण भूमिका खेल्ने पहिलो व्यक्ति भएको माहिली डाँडा निवासी स्थानीय चूडामणि दाहालले जानकारी दिए । उनले पुराउनुभएको योगदानको जति कदर गरेपनि कमी हुने स्थानीय दाहालले बताए । 
    स्व.बस्नेतको आइतबार मादीसेती स्थित डमौलीघाटमा पराम्परा अनुरुप दाहसंस्कार गरिएको छ । घाटमा अन्तिम श्रद्धाञ्जली प्रकट गर्न नेपाली काँग्रेसका जिल्ला तहका नेता,राप्रपाका जिल्ला नेता,शुभचिन्तकहरुको बाक्लो सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार