म्याग्दी १७ साउन
म्याग्दीको मालिका गाउँपालिका(२, रुमका घामबहादुर विक लामो समय वैदेशिक रोजगारमा बिताए । अब नेपालमै केही गर्ने भनेर गत वर्षमात्रै फर्किएका उनले पाँच वटा खच्चड किनेर ढुजानी व्यवसाय सुरु गरेका थिए । विकट ठाउँमा बसाईं भएकाले खच्चड व्यवसायले राम्रो आम्दानी पनि दिइरहेको थियो । परिवार खुसी नै थियो । तर, मंगलबार बिहान गएको पहिरोले घामबहादुरको जीवनको सदाका लागि अस्तायो । बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुरको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भयो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मिको मृत्यु भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए । पहिरोले पुरेको अवस्थामा सुरुमा ३ जनाको मात्रै शव फेला परेको थियो । स्थानीय स्वास्थ्यचौकीकी अनमी धनमाया पुनका अनुसार सुरुमा नवीन विक र राजन विकको शव फेला परेको थियो बाँकी ३ जनाको अवस्था अज्ञात थियो । तर मंगलबार दिउँसोसम्म सबैको शव भेटिएको छ ।
पहिरोले घामबहादुरको गोठ पनि बगाएको छ र त्यहाँ रहेको एउटा खच्चडको पनि मृत्यु भएको छ । बाँकी ४ वटा खच्चड पनि घाइते रहेको अनमी पुनले जानकारी दिइन् । पहिरोले रुमका २ घर पुरेको छ भने ४ घर उच्च जोखिममा छन् । ‘तलका ४ घर पनि उच्च जोखिममा रहेकाले अन्तै सारिसकिएको छ’, उनले भनिन् । पहिरोमा परी स्थानीय ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ‘उहाँहरुको थप उपचार गर्नुपर्नेछ । तर, बाटो नै खुलेको छैन, यहीं हुनुहुन्छ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘अरु अवस्था भने सामान्य छ ।’ घाइते गोठे विकले आफूहरु सुतिरहेकैबेला एक्कासी घरमाथि पहिरो खसेको बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका घामबहादुरको घर नजिकै उनको घर थियो । ‘छोराछोरी माथिको घरमा सुतेका थिए । हामी तलै थियौं,’ उनले भने, ‘अहिले ढाड चलेकै छैन । एक्सरे गरेर हेर्नुपर्छ रे १ तल ९दरबाङ० फोन गर्दा पनि बाटो खुलेको छैन भन्ने खबर आयो ।’ मालिका गाउँपालिकाकै वडा नम्बर ३ मा मंगलबार दिउँसो गएको पहिरोले एक घर बगाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाका अनुसार पहिरोले घर बगाए पनि मानवीय क्षति भने भएको छैन । ‘करिब ३ सय मिटर तल बगाएको छ । तर, दिउँसो भएकाले मानवीय क्षति भने छैन’, उनले भने ।आइतबारदेखि निरन्तर परिरहेको वर्षातले पहिरो खस्दा म्याग्दी मुस्ताङ बाटोसमेत बन्द भएको छ । प्रजिअ रानाका अनुसार सडकको पहिरो पन्छाउन समय लाग्ने देखिएको छ ।पोखरा न्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij