जनचाहना न्युज
तनहुँ १७ साउन
व्यास नगरपालिका कार्यालय तनहुँले ९५९ जनालाई निस्सा बितरण गरेको छ । व्यास नगरपालिका मातहत रहेका चौध वटा वडाहरु मध्ये तीन वटा वडाका मानिसहरुलाई उक्त निस्सा बितरण गरेको हो । व्यास नगरपालिका–१ मा पाँच सय,व्यास नगरपालिका–२ मा एक सय एकचालिस र व्यास नगरपालिका–३ मा तीन सय अठ्ठार जनालाई निस्सा बितरण गरिएको हो ।
व्यास नगरपालिका–१ मा भूमिहीन दलित पैतालिस,सुकुम्बासी एकाउन्न र अव्यवस्थित बसोबासी चार सय चार जनालाई निस्सा बितरण गरिएको छ ।
त्यसैगरी व्यास नगरपालिका–२ मा भूमिहीन दलित चार,सुकुम्वासी दश, अव्यवस्थित एक सय सत्ताइस र व्यास नगरपालिका–३ मा भूमिहीन दलित एक,सुकुम्बासी दश र अव्यवस्थित तीन सय सात जनालाई बितरण गरिएको छ ।
व्यासका अन्य एघार वटाका वडाहरुमा पनि क्रमिक रुपमा निस्सा बितरण गर्दै जाने योजना रहेको व्यास नगर इकाईका फोकल पर्सन इन्जियर सुवास गौतमले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाहरुले पनि निस्सा बितरण थालेका छन् भने शुक्लागण्डकी र देवघाट गाउँपालिकाले निस्सा बितरण पश्चात जग्गा नापजाँच समेत गर्न थालिसकेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij