Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जब ब्राह्मण समाजको सामुहिक रक्षाबन्धन कार्यक्रममा साँसद बिश्वकर्मा पुग्दा ..................

  • 644
    SHARES
  • 644 Shares
  • ब्राह्मण समाज नेपाल तनहुँको आयोजनामा आइतबार दमौलीमा सामुहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ । सामुहिक रक्षाबन्धन कार्यक्रममा करिब दुई सय जनाले रक्षाबन्धन गरेका छन् । 
    ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य उपेन्द्र लम्सालले कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभासद् दोवाटे बिश्वकर्मालाई रक्षाबन्धन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । 
    कार्यक्रममा बोल्दै सभासद् बिश्वकर्माले ब्राह्मण समाजले सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरेर समाजमा रहेको जातिय विभेदको अन्त्यको लागि प्रशंसानीय कार्य गरेको उहाँले बताउनुभयो । 
    कानुनले दण्डनीय ठहर गरेपनि जातीय बिभेद  र छुवाछुत दण्डनीय ठहर गरेपनि समाजका कतिपय मानिसहरुको सोचमा अभफै पनि परिवर्तन आउँन नसक्दा समस्याको रुपमा छुवाछुत रहेको उहाँले बताउनुभयो । 
    सामाजिक सद्भाव कायम राख्न र भेदभाव रहित समाज स्थापना गर्नको लागि सामुहिक रक्षाबन्धन कार्यक्रम राखिएको ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य लम्सालले बताउनुभयो । 
    जन्मिदाँ सबै ब्राह्मण हुदैनन्,कर्मले ब्राह्मण हुने भएकोले मानव मानव बीच हुने बिभेदलाई अन्त्य गर्न सामुहिक रक्षाबन्ध गरिएको ब्राह्मण समाज नेपाल केन्द्रिय कार्य सम्पादन समिति सदस्य डा.लक्ष्मीकान्त चापागाई बताउनुभयो । 
    ‘धर्मको पालना र संस्कृतिको जर्गेना गर्नको लागि सामुहिक रक्षाबन्धको शुरुवात गरेका हौ । उहाँले भन्नुभयो यस कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने बिश्वास गरिएको छ । 
    बैद्धिककालमा जात भन्ने नभएपनि पछि पैदा भएकोले त्यस्ता कार्यलाई निरुत्साहित गर्दै समाजिक सद्भाव कायम राख्न उक्त कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रिय निबर्तमान सदस्य तारानाथ घिमिरेले बताउनुभयो । 
    धर्म र संस्कृतिको संरक्षण गर्दै जातीय बिभेदको अन्त्यको लागि ब्राह्मण समाजले सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । 
    सनातन धर्ममा सबै जातजातीलाई समान व्यवहार गरी जाति बिभेद हटाउने कार्यमा समाजले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार