Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा बर्षेनी सम्बन्ध बिच्छेदका मुद्वा बढ्दो

  • 218
    SHARES
  • 218 Shares
  • जनचाहना न्युज 
    तनहुँ २२ साउन 
    तनहुँ जिल्ला अदालतमा बर्षेनी संम्बन्ध बिच्छेदका मुद्वा बर्षेनी बढ्दै गएको छ । आर्थिक बर्ष ०७८÷०७९मा ९३५ वटा संम्बन्ध बिच्छेदका मुद्वा दर्ता भएको छ । 
    जसमध्ये छ सय त्रियानब्बे फैसला भई दुई सय बयालिस फैसलाको प्रक्रियामा रहेको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिए ।  
    त्यसैगरी, आर्थिक बर्ष ०७७÷०७८ मा छ सय अठहत्तर मुद्वा दर्ता भएकोमा चार सय त्रिसठ्ठी फस्यौट भएको थियो । त्यसैगरी दुई सय पन्ध्र मुद्वा फस्यौंटको प्रक्रियामा रहेको छ ।  
    त्यसैगरी,आव ०७६÷०७७ पाँच सय एकहत्तर मुद्वा दर्ता भएकोमा तीन सय बयासी फस्यौट भई एक सय ८९ फैसला हुन बाँकी रहेको उनले बताए ।

    विभिन्न मुद्वामा नयाँ दर्ता लगत एक हजार पाँच सय एकचालिस र अघिल्लो आर्थिक बर्षको जिम्मेवारी सरिआएको नौ सय उन्साठी गरी कूल दुई हजार पाँच सय मुद्वा दर्ता भएकोमा एक हजार तीन सय पैसठ्ठी फस्यौंट भई एक हजार एक सय पैतिस फैसलाको प्रक्रियामा रहेको सो कार्यालयले जनाएको छ ।
    संम्बन्ध बिच्छेद गर्नेमा अधिकाँश बैदेशिक रोजगारीमा गएका, अपरिपक्व उमेरमा बिवाह गर्ने र परिपक्व उमेरमा सम्बन्ध बिच्छेद गर्ने, आर्थिक,गरीबिका कारण,दुव्र्यसनी,शहरीकरणको नक्कल,फेसबुक लगायतका सामाजिक संजालको दुरुपयोगका कारणले सम्बन्ध बिच्छेदका घट्ना बढ्ने गरेको पाइएको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिनबहादु कुँवरले जानकारी दिए । 
    पुरुषले सम्बन्ध बिच्छेद गर्न आएमा मिलापत्र बाहेक एक बर्षसम्म फैसला गर्न नमिल्ने सो कार्यालयले जनाएको छ । 
    महिला र पुरुष दुबै जना आएको अवस्थामा आजको आजै र आजको भोलीमा सम्बन्ध बिच्छेद हुने गरेको छ ।
    महिलालार्ई कानुनमा प्राथामिकता दिएका कारणले पनि बिकृति बढ्न गई संम्बन्ध बिच्छेदका घट्ना बढ्न गएको बताइएको छ । सम्बन्ध बिच्छेदले समाजमा एक किसिमको बिकृति नै ल्याएको छ । उनले भने,‘यस्ता घट्ना न्यूनिकरणको लागि समाजमा सचेतनामूलक कार्यक्रमका साथै शिक्षा र रोजगारीमा व्यस्त गराउन आवश्यक देखिएको छ ।’ 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार