गुल्मी २२ साउन
गुल्मीको मालिका गाउँपालिकामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोर छन् । आरोपीलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ किशोरले जबरजस्ती करणी गरेको आरोप छ । बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटी
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij