जनचाहना न्युज
तनहुँ २२ साउन
तनहुँको व्यास नगरपालिका कार्यालयले साउन २४ गते मंगलबार बिश्व आदिवासी जनजाति दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको व्यास नगर कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकले विश्व आदिवासि जनजाति दिवस ९ अगष्ट– साउन २४ गतेका दिन व्यास नगरपालिका अन्तरगतका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा कार्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।
सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं व्यास ६ का वडाध्यक्ष जीवन गुरुङ्गले जानकारी दिए ।
व्यास नगरपालिका अन्तरगतका मादी सेति नदिबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणिय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।
महालेखा परिक्षक कार्यालयबाट प्राप्त आ.ब २०७७÷०७८ को लेखापरिक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइएको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij