जनचाहना न्युज
तनहुँ २३ साउन
बिश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले साउन २४ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय हो ।
२८ औ बिश्व आदिवासी जनजाती दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय सार्वजनिक बिदा प्रदान गरिएको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उक्त दिन शुक्लागण्डकी नगरपालिका कार्यालय,वडा कार्यालय,सेवा कार्यालयलाई बिदा दिइएको छ ।
त्यसैगरी नगरपालिका भित्रका सबै बिद्यालय र शुक्लगाण्डकी नगरपालिका भित्र संञ्चालित बैक तथा बित्तिय संस्था तथा निजी संघसंस्था र निकायहरु समेतमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ ।