जनचाहना न्युज
तनहुँ २३ साउन
२८ औ बिश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते मंगलबार तनहुँका छ वटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका कार्यालयले निर्णय गरी सार्वजनिक बिदा दिएका हुन् ।
जिल्लाका दश पालिकामध्ये व्यास नगरपालिका,भानु नगरपालिका,शुक्लागण्डकी नगरपालिका,ऋषिङ्ग,म्याग्दे र घिरिङ्ग गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
बिश्व आदिवासी जनजाति दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय अनुरुप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
बिदा दिइएका पालिकामा अत्याबश्यक बाहेक कार्यालय, वडा कार्यालय,सेवा कार्यालय,आधारभूत स्वास्थ्य कार्यालय लगायतका सबै संघस्था बिदा हुने उहाँले बताउनुभयो ।
त्यसैगरी नगरपालिका भित्रका सबै बिद्यालय पालिका भित्र संञ्चालित बैक तथा बित्तिय संस्था तथा निजी संघसंस्था र निकायहरुलाई समेत सार्वजनिक बिदा दिइएको छ ।
आदिबासी जनजातिहरुको बाहुल्यता रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
जिल्लाका पाँच पालिकाहरुले सार्वजनिक बिदा दिएको प्रति आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले आभार व्यक्त गरेकी छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij