Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ब्राह्मण समाज तनहुँद्वारा दमौलीको अनसन चौतारीमा सामूहिक रक्षाबन्धन गरिने 

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज
    तनहुँ २५ साउन                                                                                       साँकेतिक तस्बीर ः 
    ब्राह्मण समाज जिल्ला कार्य समिति तनहुँको  आयोजनामा जनै पूर्णिमाको दिन सामुहिक रक्षबन्धन कार्यक्रमको आयोजना गरिएको छ । साउन २७ गते शुक्रबारका दिन धार्मिक,साँस्कृतिक र जातिय सदभाव कायम गर्न सामूहिक रक्षबन्धनको कार्यक्रम आयोजना गरेको हो । गतबर्ष देखि उक्त अभियान थालेको ब्राह्मण समाजले यसबर्ष पनि उक्त कार्यलाई निरन्तरता दिन लागेको ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । उक्त दिन बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म रक्षबन्धन कार्यक्रम हुने बताइएको छ । गतबर्ष करिब ३०० जनाले रक्षबन्धन गरेको ब्राह्मण समाजका केन्द्रिय कार्य सम्पादन सदस्य डा. लक्ष्मीकान्त चापागाईले जानकारी  दिए । यसबर्षको सामूहिक रक्षाबन्धनमा गतबर्षको तुलनामा बढ्न सक्ने बिश्वास गरिएको उनले बताए । समाजमा अझै पनि जगडिएर रहेको जातिय बिभेदलाई अन्त्य गर्नका लागि समाजले रचनात्मक कार्यको थालनी गर्दै आएको    छ । जसका माध्यमबाट जातिय बिभेद गर्नेहरुका लागि एउटा गतिलो उदाहरण बन्न सक्ने अपेक्षा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार