जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पुन ः सात दिन म्याद थप गरी भदौ १४ गतेसम्म निषेधाज्ञा लम्व्याएको छ । तनहुँमा कोभिड –१९ को जोखिम कायमै रहेको र जोखिम कमी नभएको अवस्थालाई मध्यनगर गर्दै निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरेको समेतको आधारमा यस अघि जारी गरिएको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिदै एक हप्ता बढाएको हो ।
जिल्लाभर लागु हुने गरी कसैबाट आदेशको उल्लघन भएमा कोभिड– १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रशासन कार्यालयले जनाइएको छ ।
बिहान ५ बजे देखि ११ बजेसम्म तरकारी,फलफूल,माछा मासु तथा खाद्यान्न र बिहान १२ बजे देखि साँझ ६ बजेसम्म पसल खोल्न दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
तनहुँ जिल्ला भित्र संञ्चालन हुने सार्वजनिक सवारी साधानहरु गते अनुसार जोर गते जोर र बिजोर गते बिजोर बिहान ६ बजे देखि साँझ ६ बजेसम्म चलाउने व्यवस्था मिलाइएको छ ।
गाडीमा रहेको सिट क्षमता भित्र रही अनिवार्य रुपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क, फेससिल, पन्जा लगाउने,गाडीको ढोकामा स्यानीटाइजर राख्ने रप्रयोग गर्ने लगायतका स्वास्थ्य र सुरक्षाका मापदड अपनाई संञ्चालन गर्ने गराउने गरी निर्णय गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij