जनचाहना न्युज
दमौली २६ साउन
तनहुँको पुरानो विद्यालय मध्ये एक हो व्यास नगरपालिका–१ जलदेवी माध्यमिक विद्यालय । उक्त विद्यालय बिसं २०१६ सालमा स्थापना भएको हो । विगत पाँच बर्षदेखि विद्यालयको बार्षिक एसइई परीक्षाको नतिजा हेर्दा सन्तुष्ट हुने लायकको देखिएको छैन् । बिद्यार्थीको संख्यामा बृद्वि हुनुको अलवा बर्षेनी घट्दै जानु र शैक्षिकगुणस्तर बर्षेनी खस्कदै जानुमा को बढी दोषी होला ? भन्ने जिज्ञासा पनि यतिबेला अभिभावक बीच उब्जिएको छ ।
उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये बर्षेनी २०÷३० जनासम्म विद्यार्थीको संख्या घट्दै जाने गरेको बताइएको छ ।
अधिकाँश ज्याला मजुरी गर्नेका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा अभिभावकको आर्थिक अवस्था ख्याल नगरी विद्यालय प्रशासनले मनोमानित ढंगबाट शुल्क बढाएपछि त्यसको प्रत्यक्ष मार अभिभावकलाई पर्ने गरेको छ ।
विद्यालयले भर्ना,मासिक र परीक्षा शुल्क पनि अन्य प्राइभेट बिद्यालय सरह लिने गर्दा अभिभावकहरु मर्कामा पर्ने गरेका छन् । विद्यालयको ०७८ सालको एसइई परीक्षाको नतिजा हेर्दा स्पष्ट उत्तिर्ण हुन सकेका छैनन् ।
विद्यालय प्रशासनले शिक्षक शिक्षिका,कर्मचारी,अभिभावक र राजनीतिक दलहहरुसंग समन्वय गर्दै अघि बढ्नुपर्नेमा कसैसंग पनि सहकार्य नगरी अघि बढ्ने प्रवृत्तिले विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको सोही विद्यालयका शिक्षकहरु बताउँछन् ।
उक्त विद्यालयबाट अन्य विद्यालयमा पढ्न जाँदाको समयमा शैक्षिक प्रमाणपत्रको रु.६ हजार पाँच सयसम्म शुल्क लिने गरेको समेत खुल्न आएको छ ।
अभिभावकले राखेका कुरामा विद्यालय प्रशासनले कुनै चासो नदिने गरेको गुनासोे पनि अभिभावकहरुको उत्तिकै रहेको छ । नेपाल सरकारले दिएको सुविधा अनुरुप दलित, गरीबका छोराछोरीलाई निशुल्क शिक्षा प्रदानको लागि पटक पटक आवाज उठाएपनि कुनै सुनुावाई नभएको विद्यालयका पिटिए सदस्य एवं अभिभावक हस्त बहादुर नेपालीले जानकारी दिए । समिति भित्र रहेका व्यक्तिको कुनै आवाज नसुनेपछि उक्त पदबाट राजीनामा दिने तयारी गरिरहेको उनले बताए ।
व्यास नगरपालिका–१ भदु्रडाँडाबाट नौ जना दलितका बालबालिका अध्ययन गर्दै आएपनि कुनै सुविधा पाउन नसकेको उनले बताए । बर्षमा एक पटक रु.सात सय छात्राबृत्ति दिएको रकमले कसरी छोराछोरी पढाउन सकिन्छ उनले प्रश्न गर्दै भने, छोराछोरीलाई पढाउनको लागि मासिक,परीक्षा र भर्ना शुल्क बुझाउन नसक्ने अवस्था रहेका छौ ।
विद्यालयका तत्कालिन प्रधानाध्यापक रोहिणी प्रसाद पौडेलको पालमा दलित, गरीब,बिपन्न परिवारका छोराछोरीलाई निशुल्क या सहुलियत दरमा पठनपाठनको व्यवस्था हुदै आएपनि बर्तमान प्रधानाध्यापक जयराम सेढाई आएसंगै उक्त सुविधा कटौती भएको नेपालीले बताए ।
विद्यालयको बुधबार बैठक बसेपनि गुणस्तर शिक्षा प्रदान गर्न नसकिएको बिषयमा शसक्त रुपमा कुरा उठान भएको पिटिएका एक पदाधिकारीले बताए । अधिकाँश विद्यार्थीहरु आर्थिक अवस्था कमजोर भएका गरीब र दलित समुदायका बालबालिका अध्ययन गर्ने बिद्यालय भएका कारण सोचे अनुरुपको परीक्षामा नतिजा ल्याउन नसकेको बताइएको छ । यस बिषयमा जिज्ञासा राख्नको लागि विद्यालयका प्रधानाध्यापक जयराम सेढाईलाई पटक पटक सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij