जनचाहना न्युज
तनहुँ २६ साउन
तनहुँको ऋषिङ्ग गाउँपालिका कार्यालयले अपाङ्गता भएकाहरुका लागि सहयोगी सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,उपाध्यक्ष गिनुमाया थापा र प्रमुख प्रशासकीय अधिकृत टिकाराम गोदारले बिहीबार संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका कार्यालयले ऋषिङ्ग गाउँपालिका–२ निवासी अपाङ्गता भएकालाई ह्वील चियर,ट्वाइलेट चियर,बैशाखी र सेतो छडी गरी छ जनालाई हस्तान्तरण गरिएको हो । अशक्त भएका व्यक्तिहरुलाई हिड्डुल गर्न सहज हुने उद्देश्यले सहयोगी सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij