बन्दिपुर गाउँपालिका र असल छिमेकी नेपाल पोखराको समन्वयमा ५८ घरधुरीका बिपन्न परिवारलाई सोमबार राहात बितरण गरिएको छ ।
बन्दिपुर गाउँपालिका–१ र ३ वडाका चेपाङ,भुजेल र गुरुङ लगायतका बिपन्न परिवारलाई राहात बितरण गरिएको हो ।
बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी लगायत असल छिमेकी नेपलका प्रतिनिधि समेतको रोहवरमा उक्त परिवारलाई राहत बितरण गरिएको हो ।
प्रति परिवार २५ केजीको १ बोर चामल लगायत, दाल तेल नुन बाल्टिन, टुथपेस्ट लगायतका राहत सामाग्री बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij