जनचाहना न्युज
तनहुँ २७ साउन
ब्राह्मण समाज नेपाल तनहुँको आयोजनामा शुक्रबार दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय पन्ध्र जनाले रक्षाबन्धन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डोवाटे बिकले रक्षाबन्धन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । ब्राह्मण समाज केन्द्रिय कार्यसम्पादन सदस्य डा.लक्ष्मीकान्त चापागाईले मन्त्री बिकलाई रक्षाबन्धन लगाइदिएका थिए ।

सो अवसरमा बोल्दै मन्त्री बिकले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातिय बिभेद न्यूनिकरण गर्नका लागि सहयोग पुग्ने बताए । जातिय सद्भाव कायम राख्दै समाजमा बर्षौदेखि जगडिएर रहेको जातिप्रथाको कुरीतिलाई अन्त्य गर्नका लागि यस्ता रचनात्मक कार्यले थप उत्प्रेरणा मिल्ने उनले बताए ।

उक्त ब्राह्मण समाजले गतबर्ष देखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको हो । गतबर्षको सामूहिक रक्षाबन्धन कार्यक्रममा करिब तीन सय जनाले रक्षाबन्धन गरेका थिए । शुरुका बर्षमा सामूहिक रक्षाबन्धन कार्यक्रम गर्न हुदैन भन्ने ब्राह्मण समाजका एक समुह बलियो हुँदाहुदै पनि आफुहरुले संस्थागत रुपमा निर्णय गरी रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको समाजका केन्द्रिय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए ।

गतबर्ष केही असहज जस्तो अवस्था भएपनि यसबर्ष सबै क्षेत्रबाट सहयोग र सद्भाव पाएकोले थप हौसला मिलेको उनले बताए ।
गतबर्ष केन्द्रिय कार्यालयको निर्देशन अनुरुप रक्षाबन्धन कार्यक्रम गरिएपनि यसबर्ष समाजले स्वतस्र्फूत आयोजना गरेको उनले जानकारी दिए ।
सार्वजनिकस्थलमा सामूहिक रक्षाबन्धन कार्यक्रम राखेपछि विविध कारणले भान्जाभान्जी,ज्वाई,मावली जान नपाएकाहरुलाई झनै सहज भएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।
कोही खाली हात बस्नु पर्ने अवस्थाको पनि अन्त्य हुन्छ उनले भने, ‘सामूहिक रक्षाबन्धनले सबै जातजाति बीच एक आपसमा सद्भाव राख्न पनि सहयोग पुग्ने बिश्वासले यस अभियान थालेको हौ ।’
बिहान ७ बजेदेखि दिउँसो करिब १२ बजेसम्मको अवधिमा विभिन्न जातजातिका मानिसहरुले आएर रक्षाबन्धन गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij