Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बिगतका समितिले गरेका निर्णयलाई निरन्तरता दिएको हुँ,मनोपली गरेको छैन् ः  जलदेवी माविका प्र.अ सेढाई 

  • 624
    SHARES
  • 624 Shares
  • जनचाहना न्युज
    दमौली २७ साउन 
    व्यास–१ को जलदेवी माध्यमिका विद्यालयका प्रधानाध्यापक जयराम सेढाईले आफुले मनोपली किसिमले शुल्क निर्धारण नगरेको बताएका छन् ।  जनचाहना न्युज डट कम अनलाइन मिडियाले बिहीबारको अंकमा व्यास १ को जलदेवी माविको गुणात्मक शिक्षा खस्कदो,बिद्यार्थी संख्या बर्षेनी घट्दो शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रअ सेढाईले उक्त कुराको खण्डन गरेका  हुन् । विसं ०७५  माघ १८ गते देखि आफु उक्त विद्यालयको प्रअ भएर गएको र तत्कालिन बिव्यासले गरेका निर्णयलाई आफ्नो समितिले पनि निरन्तरता दिदै आएको बताए । अंग्रेजी माध्यमबाट पठनपाठन गरिएकोले व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयको तुलनामा विद्यार्थीसंग कम शुल्क लिएर पढाउँदै आएको पनि उनले बताए । कक्षा ११,१२ मा भर्र्ना शुल्क रु.एक हजार सात सय र मासिक शुल्क रु.सात सय लिने गरेको स्पष्ट पारे । विसं ०६६ साल देखि नै विद्यालयमा कक्षा ११ र १२ संञ्चालन हुदै आएकोे हुँदा तत्कालिन समितिले गरेका निर्णयलाई सदर गर्दै आएको उनले बताए । उक्त विद्यालयबाट अन्यत्र पढ्न जान चाहेका विद्यार्थीबाट लिइदै आएको शुल्क घटाउने बिषयमा समिति भित्र पनि छलफल गरिरहेको र केही शुल्क घटाउने योजना रहेको उनले बताए । विद्यालयको शैक्षिकगुणस्तर खस्केको बिषयमा संम्बन्धित बिषयगत शिक्षकले पनि आफ्नो दायित्व पूरा गर्न नसकेका कारण नतिजा सन्तोषजनक नआएको स्वीकार गर्दै आउँदा दिनमा उक्त शिक्षाबाट पाठ सिक्दै संम्बन्धित बिषयगतका शिक्षकहरुले सुधार गर्नुपर्ने देखिएको उनले बताए । जलदेवी माविमा बिहानी कक्षा संञ्चालन नगरिएको र अन्यत्र बिद्यालयमा पढ्न चाहेको अवस्थामा विद्यालयले अनुमति दिएका कारणले विद्यार्थी संख्या घट्दै गएपनि तल्लो तहका कक्षामा विद्यार्थी संख्या बृद्धि गर्दै गएको उनको दाबी थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार