जनचाहना न्युज
तनहुँ, २८ साउन
तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा अनिश्चितकालका लागि परेवा लैजान निषेध गरिएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी मन्दिर परिसरमा परेवा लैजान रोक लगाएको हो । छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवा समेत मर्न थालेपछि परेवामा रोक लगाएको कोषका अध्यक्ष मान बहादुर थापाले जानकारी दिए ।
परेवा मर्र्ने र फोहोर मैला पनि बढ्दै गएकोले सरसफाईलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको उनले बताए ।
कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा प्रवेशमा लैजान मनाही गरेको छ । उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब ७ किलोमिटर पूर्व दिशामा पर्दछ । भाकल गर्दा मनोकाँक्ष पूरा हुने जनबिश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजनहरु पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij