जनचाहना न्युज
तनहुँ २८ साउन
व्यास नगरपालिका–६ सेखाटार निवासी शारीरिक अपाङ्गता भएका बुद्धि कुमार श्रेष्ठलाई शनिबार ह्वील चियर हस्तान्तरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपालका संस्थाका अध्यक्ष सावित्री सुवेदी र सल्लाहाकार सदस्य दीपक भण्डारीले निजकी श्रीमति श्रीमाया श्रेष्ठलाई उक्त चियर हस्तान्तरण गरेका हुन् ।
जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित धयरेमा आयोजित एक कार्यक्रमको अवसरमा उक्त एक थान ह्वील चियर प्रदान गरिएको मञ्चका सचिव कृष्णा थापाले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij