Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

परियार सेवा समाज तनहुँको अध्यक्षमा गोतामे बिजयी 

  • 343
    SHARES
  • 343 Shares
  • जनचाहना न्युज 
    तनहुँ २९ साउन 
    परियार सेवा समाज तनहुँको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा गणेश कुमार गोतामे बिजयी भएका छन् । आइतबार भएको मतदानमा गोतामेले ५९ मत ल्याएर बिजयी भएका हुन् । कूल खसेको ७६ मतमा गोतामेले अत्याधिक मत ल्याएर बिजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी रामबहादुर गुइदेलले चौध मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण सेवा परियार बिजयी भएका    छन् ।  त्यसैगरी सचिवमा बुद्वकुमार परियार बिजयी भएका छन् । सचिवमा तीन जना उम्मेद्वार बीच प्रतिस्पर्धा रहेकोमा तीनै जना उम्मेद्वार समान मत आएपछि गोलाप्रथा अनुरुप उनी बिजयी भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा लक्ष्मी परियार सर्वसम्वत र सहसचिवमा रमेश सेवा निर्वाचित भएका छन् । 
    जिल्ला भरीका गरी वाइस वटा इकाईबाट पदाधिकारीहरु चुनिएका छन् । समाजको नयाँ नेतृत्वले २१ सदस्यीय समिति चयन गरेको समाजका सहसचिव रमेश सेवाले जानकारी दिए । पछि दुई जना सदस्य थप गर्ने गरी उक्त समिति चयन गरिएको सो समाजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार