Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँका २५ बर्षीय युवकको दुबै मिर्गौला फेल ः जीवन बचाईदिन सहयोगको याचना 

  • 370
    SHARES
  • 370 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३० साउन 
    तनहुँको भानु नगरपालिका वडा नं १२ कोटगाउं निवासी २५ बर्षीय अमर मजकोटीको बिगत लामो समयदेखी दुबै मिर्गौलामा समस्या भएको छ । हाल उपचारमा रहेका अमरलाई उनका बुबा गुन बहादुरले  मिगौला दिन मन्जुर भएका छन्  तर मिर्गौला प्रत्यारोपणको लागि झण्डै दश लाख लाग्ने अस्पतालले जनाएको छ । हालसम्म सहयोगदाताहरुबाट संकलन भएको रकमबाट औषधी उपचार गर्दै आएको अमरले जीवन बचाईदिन सबैजना संग सहयोगको याचना गरिरहेका छन् । आर्थिक अवस्था समेत अत्यन्त कमजोर भएका  मजकोटीले आर्थिक अभाबकै कारण मिर्गौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् । उनका ५ बर्षको नाबालक छोरा छन् । उनको जीवन रक्षा केबल उनीमा मात्र सिमित नभइकन उनका परिवार र नाबालक छोराको भबिष्यसंग जोडिएको छ। आफ्नो जीवन रक्षाको लागि मजमोटीले सहयोगी हात फिजाई रहेका छन् । अमर मजकोटीको नाउँमा रहेको ग्लोबल आइ एम ई बैंक, काठमाण्डौं गोङ्गबु बैंक खाता नं  ३५०७०१०२७७८०८  मा आफुले सकेको रकम जम्मा गरिदिन अपिल गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार