Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको भानु नगरपालिका भित्र खादा प्रयोग गर्न पूर्ण रुपमा मनाही 

  • 335
    SHARES
  • 335 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३० साउन 
    तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा मनाही गरेको छ ।  भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय भए अनुरुप प्रयोगमा पूर्ण रोक लगाइंएको हो ।  विभिन्न कार्यक्रम,सभा,बैठक,समारोह तथा अन्य सम्मान लगायतका कार्यहरुमा समेत खादा प्रयोग नगर्ने गरी निर्देशन दिइएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी   दिए । 
    खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकोले यसको प्रयोग नगर्न सम्बन्धित निकायहरुमा आजै परिपत्र गरिएको उनले बताए । 
    अब उप्रान्तका दिनमा हुने कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको छ ,उनले भने यस्ता कार्य अन्य पालिकाले पनि अवलम्बन गर्न आवश्यक देखिन्छ ।  
    भानु नगरपालिका भित्र संञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाई केन्द्र,सार्वजनिक पुस्तकालय, बाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक  कार्यक्रममा प्रयोगमा ल्याइने छैन् । त्यसैगरी सामुदायिक शैक्षिक संस्थाहरुमा आयोजना गरिने बार्षिकोत्सव सभा,बैठक समारोह,स्वागत तथा बिदाई कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रमहरुमा खादा प्रयोगमा पूर्ण रुपमा बन्देज लगाइएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार