Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जातिय पराम्परा अनुरुप खादा प्रयोग गर्न रोक लगाइएको छैन् ः  भानु नगरपालिका 

  • 244
    SHARES
  • 244 Shares
  • जनचाहना न्युज 
    तनहुँ १ भदौ 
    भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बुधबार एक बिज्ञप्ती जारी गर्दै जातिय पराम्परा अनुरुप खादा प्रयोग गर्न पाइने बताएका छन् । भानु नगर कार्यपालिकाको गत जेठ २४ गते बसेको बैठकले भानु नगरपालिका भित्र खादा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । 
    उक्त निर्णय सार्वजनिकरण पश्चात नेपालका विभिन्न आदिवासी जनजाति समुदायहरुबाट प्रकट भएका प्रतिक्रिया तथा असन्तुष्टिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको  छ । 
    नगरपालिका अन्र्तगतका कार्यलय एवं शैक्षिक संस्थाहरुमा हुने औपचारिक बैठक, सभा, सम्मेलन, स्वागत बिदाई तथा सम्मान कार्यक्रमहरुमा खादको प्रयोग नगर्ने,गराउने निर्णय भएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
    संविधानत ः नेपाल एक बहुजाति बहुभाषिक ,बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक भएकोले संविधान प्रदत्त सबै समुदायको जातिय,भाषिक,धार्मिक तथा साँस्कृतिक पहिचान पराम्परा मुल्य र मान्यता एवं अभ्यासलाई उच्च सम्मान गरिएको सो बिज्ञप्तीमा जनाइएको छ । 
    मिताव्ययी,कम खर्चिलो र वातावरणमैत्री बनाउने उद्देश्यले मात्रै नगरपालिका भित्र खादा प्रयोग नगर्ने भनिएको नगरप्रमुख त्रिपाठीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । 
    कुनै समुदायले व्यक्तिगत,समूहगत एवं सामुदायिक हिसाबले आफ्नो पराम्परा,मूल्य र मान्यता बमोजिमका क्रियाकलाप सञ्चालन तथा आफ्नो पराम्परा अनुसारको खादा प्रयोग गर्नमा रोक लगाइएको  छैन् सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसमा सबै व्यक्ति समुह वा समुदाय स्वतन्त्र रहेको बताइएको छ । 
    नगर कार्यपालिकाको यस निर्णय नगरभित्र संञ्चालन गरिने सरकारी,औपचारिक कार्यत्रमहरुसंग मात्र संम्बन्धित रहेको व्यहोरा संम्बन्धित सबैको लागि सूचित गरिएको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार