Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकविमा दुईदिने कार्यशाला गोष्ठी शुरु

  • 250
    SHARES
  • 250 Shares
  • जनचाहना न्युज 
    दमौली ४ भदौ
    व्यास नगरपालिका वडा नं १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राज्ञिक लेख तथा प्रतिवेदन लेखन कार्यशाला गोष्ठी शनिवार देखि सुरु भएको छ ।  क्याम्पसको शोध तथा अनुसन्धान समितिको आयोजनामा भएको उक्त दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन पूर्व क्याम्पस प्रमुख  एवं व्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरे । । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पसको सेवा आयोगका संयोजक एवं व्यास न पा वडा नं। १  का वडा अध्यक्ष रमेशचन्द्र हड्खले र क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा आर्थिक समितिका संयोजक बाबुराम बगाले, पुस्तकालय समितिका संयोजक मोहन गिरी लगायतको उपस्थिति रहेको थियो । उद्‌घाटन कार्यक्रम शोध तथा अनुसन्धान समिति संयोजक सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठीको पहिलो दिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका एशोसियट प्रोफेसर डा. ध्रुवलाल पाण्डेले प्राज्ञिक लेखनका तत्वहरु( , समस्याको कथन, सन्दर्भ सामग्रीको , विश्लेषण,  विधि लगायतका विषयहरु बारेमा सहजीकरण गरेका थिए । उक्त गोष्ठीमा  अदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक र कर्मचारीहरु लगायत ६० जनाको उपस्थिति रहेको थियो । सो गोष्ठीमा आबुखैरेनी क्याम्पस, तनहुँ  शारदा क्याम्पस, पुर्कोट कालिका क्याम्पस , बन्दीपुर क्याम्पस, जनज्योति क्याम्पस, पुष्पलता जनएकता क्याम्पस लगायतका क्याम्पसका प्राध्यापकहरुको समेत सहभागिता रहेको    थियो । गोष्ठीको दोस्रो दिन काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्रा.डा.लक्ष्मण ज्ञावलीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार