काठमाडौं ५ भदौ
स्वामी आनन्द अरुणले प्रदीप गिरि सर्वप्रिय भएर अवसान भएको बताएका छन् । मेडिसिटी अस्पताल प्राङ्गणमा गिरिलाई श्रद्धाञ्जली व्यक्त गरेपछि स्वामी अरुणले प्रदीप गिरिले कसैको केही नबिगारी गएको बताए । ‘उहाँ सर्वप्रिय हुनुहुन्थ्यो । सबैभन्दा राम्रो कसैको बिगारेर जानुभएन । जति सक्नुभयो गाउँमा बनाउनुभयो’ उनले भने, ‘रिस बोकेर जानुभएको छैन । यो उहाँको सफलता हो ।’ उनी कांग्रेसको नेता भए पनि कम्युनिष्टले पनि त्यतिकै आदर र श्रद्धा गर्ने गरेको बताउँदै उनले वर्तमान राजनीतिमा यस्ता व्यक्ति भेटाउन नसकिने बताए । ‘ कसैले विरोध गर्दैन । कुनै पार्टीको मान्छे उहाँको शत्रु छैन । यस्तो मान्छे कहाँ भेटाउन सकिन्छ । उहाँ सर्वप्रिय हुनुहुन्थ्यो,’ उनले थपे ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij