जनचाहना न्युज
तनहुँ ५ भदौ
तनहुँकी उद्यमी महिला धनु राना आफ्नो बुवाको किरियामा बसेकी छन् । भिमाद नगरपालिका–२ स्थित रघु निवासी बुवा लिल बहादुर रानाको निधन भएपछि छोरी राना माईतीघरमा किरिया बसेकी हुन् ।
बुवाआमाको अन्तिम संस्कारमा सन्तानको बराबरी दायित्व हुन्छ भन्ने सन्देश दिन आफु तेह्रौं दिन किरियामा बसेको धनुले बताइन् । “दाई जस्तै म पनि बुवाको सन्तान हुँ, बुवाको काजकिरिया गर्नु मेरो पनि उत्तिकै दायित्व ठानेर काजकिरियामा बसेकी हुँ ।
दाई मृगौलाको बिरामी रहेकोले डायलिसिसका लागि अस्पताल गइरहनु पर्ने हुँदा म आफै किरियामा बस्ने सोचका साथ बसेकी हुँ । धनुले भनिन्,“कतिपयले मलाई छोरी किन किरिया बस्नुप¥यो ? बस्नु हुदैंन भनिरहेका थिए ।
छोरा छोरी दुवै बराबरी हुन् भन्ने समाजले बुझ्नुपर्छ ।” धनु नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी जिल्ला कार्यसमिति तनहुँका सदस्य पनि हुन् ।
बुबाको मृत्यु भएपछि मात्रै होईन जिवित हुदाँ पनि बुवाआमाको हेरचाह र उपचारमा छोरा र छोरी दुवैले समान सहभागिता जनाउँदै आएको उनले बताइन् ।
भिमाद नगरपालिकाका पुर्व मेयर मेख बहादुर थापाले बुवाआमाप्रति छोरा र छोरीको बराबरी हक र बराबरी कर्तव्य हुने बताए ।
“हाम्रो पुरानो प्रचलनमा बिहे गरिसकेका छोरीहरु आफ्ना बाबा र आमाको मृत्युमा ५ दिन मात्रै किरिया गर्ने चलन छ तर धनु रानाले रघु गाउँमा पहिलो पटक तेह्रौ दिनसम्म छोराले जस्तै विधि पुरा गरी किरिया बसेकी उनले बताए ।
यसले गाउँमा उदाहरणीय सुरुवात गरेको छ ।” थापाले भने ‘समाज परिवर्तनमा धेनुको कार्य प्रशसानीय छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी जिल्ला कार्यसमिति तनहूँका अध्यक्ष कल्पना गौलीले महिला उद्यमी धनुको साहसिक कदमले छोरा र छोरी समान् हुन् भन्ने सोच समाजमा स्थापित गर्न प्रेरणा मिलेको बताइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij