Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रशासनले सूचना जारी गर्दै भन्यो,‘तीज पर्व खर्चिलो र भड्किलो गरी नमनाउनूस्’

  • 254
    SHARES
  • 254 Shares
  • जनचाहना न्युज
    तनहुँ, ७ भदौ 
    जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउँन आग्रह गरेको छ । 
    पर्व मनाउने नाउँमा भड्किलो र खर्चिलो नबनाउन सार्वजनिक सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधी नगर्नको लागि आग्रह गरिएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाउँमा अत्यन्त खर्चिला र भड्किला कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसंगै तर्फ ध्यानाकर्षण भएको उनले बताए । आफ्नो परम्परा,सामाजिक रीतिरिवाज अनुरुप मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार