Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताद्वारा सत्यवती माविमा ढुङ्गमुढा प्रहार,दुई कोठाको सिसा फुट्यो,विद्यार्थी सकुशल

  • 631
    SHARES
  • 631 Shares
  • जनचाहना न्युज 
    तनहुँ ७ भदौ                                                                                                  फाइल तस्बीर ः 
    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मंगलबार व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा ढुङ्गामुढा प्रहार गरी क्षति बनाएका छन् । प्रहरी प्रशासनलाई चुनौति दिदै सदरमुकाम भित्र रहेको विद्यालयमा तोडफोड हुँदा समेत शान्ति सुरक्षाको अनुभूति गर्न नपाएको विद्यालयले जनाएको छ ।  बिप्लवका कार्यकर्ताले पटक–पटक धम्की दिदै विद्यालयमा पठनपाठन बन्द गर्न दबाब दिदै आएको बताइएको छ । विद्यालयमा पठनपाठन बन्द नगरेपछि ढुङ्गामुढा प्रहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले जानकारी  दिए । 
    ‘अभिभावकले विद्यार्थी पठाएपछि पढाउनै प¥यो,विद्यालय बन्द गर्ने अधिकार हामीलाई छैन् ।’ उनले भने सरकारले शान्ति सुरक्षा दिनुपर्ने हो दिन नसक्दा विद्यालयको क्षति हुन पुगेको छ । 
    विद्यार्थी अध्ययन गरिरहेको कोठा भित्रै ढुङ्गा खसेपनि धन्न विद्यार्थीलाई केही हुन नपाएको उनले बताए । विद्यालयमा क्षति भएको छ त्यसको जिम्मा कसले लिने ? उनले प्रश्न गर्दै भने । 
    बिप्लवका कार्यकर्ताले व्यास नगरपालिका भित्रका अन्य विद्यालयलाई भने बन्द गर्न दबाब नदिएपनि सत्यबती माविलाई निशाना बनाएको विद्यालयको आरोप रहेको छ । 
    घट्ना पश्चात घट्नास्थलमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । झुक्काएर तोडफोड गर्ने व्यक्तिहरुको खोजी कार्य भैरहेको उनले बताए ।  
    बन्दका कारण पृथ्वीराजमार्ग सडक खण्डमा अन्य सवारी साधान नचलेपनि प्रहरीले मुग्लिन देखि पोखराको नाका कोत्रे सम्मको दुरीमा स्कटिङ्ग गरेर यात्रुबाहक बस संञ्चालनमा सहयोग गरेको थियो । 
    बन्दका कारण तनहुँका मुख्य बजारहरु आँबुखैरेनी,डुम्रे,दमौली,शुक्लागण्डकी र भिमाद लगायतका  बजार क्षेत्रका पसलहरु खुल्न सकेका छैनन् । बन्दको समयमा जिल्लामा कुनैपनि अप्रिय घट्नाहरु घट्ना नपाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् । 
    जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार