जनचाहना न्युज
तनहुँ ७ भदौ
व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमको लागि रु.तीन करोड विनियोजन भएकोले कार्यन्वयन गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ । व्यास नगर कार्यपालिकाको नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकमा उक्त निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारबाट उक्त बजेट विनियोजन गरेपछि कार्यन्वयन गर्न लागिएको व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए । व्यास नगरपालिका कार्यालयले ०७९ साउन महिनामा आन्तरिक आयबाट रु.एक करोड पच्चीस लाख बत्तीस हजार एक सय चौवालिस संकलन गरेको छ । व्यास नगरपालिका अन्तरगत सरसफाई केन्द्र स्थापना गर्नका लागि व्यास १० मंगली गैह्रेको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग गर्ने निर्णय गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij