Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कोभिड प्रभावित सात जनालाई दुई लाख बढी आर्थिक सहयोग 

  • 236
    SHARES
  • 236 Shares
  • जनचाहना न्युज 
    तनहुँ ९ भदौ 
    व्यास नगरपालिका–१०मा कोभिड–१९बाट प्रभावित भएका सात जना अभिभावकहरुलाई रु.दुई लाख दश हजार आर्थिक सहयोग गरेको छ । रेडक्रसको अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा कोभिड प्रभावित भएका अभिभावकहरुलाई जीविकोपार्जनका लागि रु.तीस हजारका दरले आर्थिक सहयोग गरेको हो । कोभिडबाट ज्यान गुमाएका,जागिर गुमाएका परिवारलाई उक्त रकम प्रदान गरेको व्यास १० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ । त्यसैगरी सोही वडा स्थित सर्वज्योति माध्यमिक विद्यालयका तेत्तीस जना विधार्थीलाई शैक्षिक सामग्री,विद्यालय पोशाक, जुत्ता लगायतका प्रति विद्यार्थी रु.पाँच हजार बराबरको सहयोग गरेको छ । 
    खानेपानी तथा सरसफाइको लागि युरोगाड सहित रु.एकलाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उक्त नगद तथा सामाग्री हस्तान्तरण गरेका हुन् ।  
    नेपाल रेडक्रस सोसाइटी कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री र किशोरी छात्राहरुलाई सेनेटरी प्याड लगायतका बितरण गरेको हो । 
    रेडक्रसद्वारा रु.छ लाख तीस हजार बराबरको सामग्री तथा जीविकोपार्जनको लागि नगद हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका निवर्तमान सभापति रामदत्त पौडेलले जानकारी  दिए । 
    तनहुँका तीन विद्यालय सर्वज्योति मावि व्यास, मिन मावि म्याग्दे र विद्या निकुञ्ज मावि भानुमा उक्त कार्यक्रम लागू गरिएको छ । बालबालिकाहरुलाई घरेलु हिसाँ तथा लैगिक हिसाँको बारेमा सचेतना जगाउने, विद्यार्थी र अभिभावकलाई मनोसामाजिक परामर्श दिइने कार्यक्रम रहेको छ । कोभिडबाट प्रभावित र अति बिपन्न व्यक्तिलाई जीविकोपार्जनको लागि आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको छ । कोभिडबाट प्रभावित भएका,व्यवसाय सञ्चालन गरेका या नगरेकाहरुका लागि जीविकोपार्जनका लागि आर्थिक सहयोग गरिएको हो । 
    उक्त रकम फिर्ता गर्न नपर्ने गरी  आर्थिक सहयोग गरिएको दुम्सीकोट उपशाखाका सभापति ईश्वर पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार