Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा मादीनदी कटानले ६६३ घरधुरी उच्च जोखिममा,करिब एक दर्जन संघसंस्थाको भौतिक संरचना बालुवाको पानी बन्ने खतरा

  • 782
    SHARES
  • 782 Shares
  • गत आइतबार देखि परेको अबिरल बर्षा पछि मादीनदीमा आएको बाढीले कटान गर्दा व्यासनगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटनका क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाको भौतिक संरचनाहरु समेत धरापमा परेका छन् । मादीनदीले करिब ३० मीटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजहरु समेत ढालेर बस्ती तर्फ हानिएपछि  उच्च जोखिममा परेको पाटन बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिसहरु रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नदी कटानका कारण त्यसक्षेत्रका करिब एक दर्जन संघसंस्थाहरु धरापमा परेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार नदी कटानका कारण बृद्धाश्रम,भजनकीर्तन समितिको भवन,गुरुकुल आश्रम,पाटन खेलकूद मैदान,पाटन पराशर पार्क,भूपु भवन,सामुदायिक भवन,पराशर माध्यमिक विद्यालय लगायतको क्षति हुने देखिएको छ । व्यासनगरपालिका कार्यालयका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामको लागि पहल गर्ने आश्वसन दिनुभएको व्यास–५ पाटन दलित संघका अध्यक्ष तेजबहादुर नेपालीले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेले आश्वसन दिनुभएकोले केही सहयोग मिल्छ भन्ने आशा पलाएको छ । उहाँले भन्नुभयो ‘नगरपालिकाको टोलीले भोली बुधबार स्थलगत अवलोकन गर्ने जानकारी पाएका छौ ।’ तल्लो पाटनमा मगर,गिरी बस्ती,विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति  र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसहरुको बसोबास रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार