Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

क्षत्री समाज व्यास नगरको तिजको शुभकामना आदान प्रदान कार्यक्रम 

  • 424
    SHARES
  • 424 Shares
  • जनचाहना न्युज
    तनहुँ १२ भदौ
    क्षत्री समाज नेपाल व्यास नगरको आयोजनामा शनिवार दमौलि स्थित क्षत्री समाजको भवनमा तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.दिल ब क्षेत्रीले क्षत्रीहरू एकजुट हुनुपर्ने बताए । हामीले देशमा भएको बेथितिको बारेमा खबरदारी गरिरहनु पर्नेमा उनले जोड दिए । 
     ब्यास नगर सभापति  प्रेम बहादुर राउत को सभापतित्वमा भएको कार्यक्रममा  ब्यास नगर सचिब  हरि कार्की , महिला जिल्ला अध्यक्ष मन्जु थापा ,  समुन्द्र गोदार , उर्मिला खड्का , आसा कार्की ,नानू माया बस्नेत , ईश्वर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेको क्षत्री समाज नेपालका केन्द्रीय युवा अध्यक्ष एवम् ब्यास नगर साँस्कृतिक समुहका संयोजक शँकर अधिकारीले बताए । कार्यक्रममा तिजको गित गाउने तथा नाच्ने गरि रमाइलो गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार