ए.वि.आई.टि.क्लबले मंगलबार आदिकवि भानुभक्त क्याम्पस क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई पढाईको शुल्क घटाउन माग गरेका छन् ।
कोभिड–१९ को बिषम परिस्थितिमा पढाईको चर्को शुल्क लिने गरेकोले विद्यार्थीको ढाड सेक्ने काम भएको भन्दै क्याम्पस प्रमुख हड्खलेलाई ध्यानाकर्षण गराएका हुन् ।
कोभिड–१९ को प्रतिकुल असरका कारण सबै क्षेत्र उत्तिकै असर पर्न गएको जनाउँदै बि.आइ.सि.टि.का विद्यार्थीले समेत पत्यक्ष असर भोग्नु परेको बि.आई.टी. क्लबका अध्यक्ष बिकल श्रेष्ठले बताउनुभयो । आदिकवि भानुभक्त क्याम्पस पढाई सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक धेरै भएका कारण अहिले चलिरहेको अनलाइन कक्षाको सिकाईबाट बिद्यार्थी सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो । चर्को शुल्कले विद्यार्थीको ढाड सेक्ने काम भैरहेको छ । उहाँले भन्नुभयो ‘सम्पूर्ण सेमिष्टरका शुल्क घटाएर विद्यार्थीहरुलाई राहतको महशुस दिलाउन पहल गरिने छ ।’
विश्व महामारी कोभिड–१९ को प्रतिकुल असर बि.आई.सि.टि.का विद्यार्थीहरुलाई पनि असर पर्न गएकोले सम्पूर्ण विद्यार्थीहरुको मागलाई पुरा गर्ने उद्देश्यले शुल्क घटाउन माग गरिएको क्लबका उपाध्यक्ष बिशाल रुचालले बताउनुभयो । महामारीको कारणले आर्थिक असर गरेको र भौतिक कक्षा संचालन नभईरहेको समयमा पनि सोही अनुरुप शुल्क लिइरहेकोले क्लबले यस्तो कदम चाल्नु परेको क्लबले जनाएको छ । सबै एकजुट भई अघि बढ्न र समस्याको समाधान गर्न समेत क्लबले आग्रह गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij