जनचाहना न्युज
तनहुँ १४ भदौ
तनहुँको व्यास नगरपालिका वडा नं १० परेवा डाँडा र ५ को चिन्तुटार जोड्ने मादीनदी माथि एन टाइपको सस्पेन्सन झोलुङ्गे पुल निर्माण गरिएको छ । उक्त स्थानमा पुल निर्माण पछि दुई वडाका बासिन्दा साथै सर्वसाधारणहरुलाई हिड्डुल गर्न सहज भएको छ ।
आर्थिक बर्ष ०७६÷०७७ मा पुल निर्माणको लागि ठेक्का गरेपनि विद्युतको हाइटेन्सन लाइन र कोरोनाका कारण झण्डै दुई बर्ष ढिलाई गरी पुल निर्माण कार्य सम्पन्न भएको हो ।
रु.दुई करोड चौसठ्ठी लाखको लागतमा २८२.४५ मीटर लामो पुल निर्माण गरिएको पुल निर्माणका साइड इन्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए ।
व्यास–१० को परेवा डाँडा देखि व्यास ५ को चिन्तुटार जान झण्डै एक घण्टाको समय लाग्ने बाटो अब दश मिनेटमै पार गर्न सकिने भएको स्थानीय बिवेक सापकोटाले जानकारी दिए ।
पुल निर्माण पछि वारपार गर्नका लागि सहज भएको स्थानीय एवं पिजन हिल होटल संचालक समेत रहेका सापकोटाले बताए । पुल बनेपछि दुई वडाका दश हजार बढी बासिन्दाहरु लाभान्वित हुने बताइएको छ । पुल नहुँदा जोखिम मोलेर मादी नदी तर्दा हुन सक्ने मानवीय दुर्घटनालाई समेत रोक्न सहज भएको छ ।
उक्त पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत निर्माण गरिएको हो । पुल निर्माणको जिम्मा थानी निर्माण कन्टक्सन प्रालि.ले पाएको थियो ।
पुल बनेपछि करिब चार किमी बाटो छोटो भएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पुल बनेपछि व्यास ५ का बासिन्दाले व्यास १० मा रहेको शिक्षा र स्वास्थ्य सेवा लिन सहज भएको छ ।
त्यसैगरी व्यास ५ को चिन्तुटारमा मा निर्माण गरिएको क्षेत्रियस्तरको रंगशालामा हुने प्रतियोगितामा मानिसहरुलाई आउन जान पनि सजिलो भएको छ ।
मादीनदीमा पुल नहुँदा बिवाहवारीका साथै पारिवारिक भेटघाट कार्यमा कठिनाई हुदै आएपनि आउँदा दिनमा पुलले सहजीकरण गरिदिएको निवर्तमान वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij