नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, पूर्व मन्त्री आशा कोइराला लगायतका पदाधिकारीहरु समाबेदना दिन स्व.दाहालको निवास माइलीडाँडामा पुग्नुभएको छ ।
व्यास नगरपालिका वडा नं. १ का जनप्रतिनिधि, वडा सदस्य मञ्चका अध्यक्ष चुणामणी दाहाल र टुकराज दाहालको ममतामयी आमा दमयन्ती दाहालको ८१ बर्षको उमेरमा साउन ३१ गते निधन भएको थियो ।
दाहालको दुःखद निधनले नेकपा माओबादी केन्द्र मर्माहत भएको भन्दै यस दुःखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न उहाँ सहितको टोली दाहाल निवासमा पुग्नुभएको हो ।
सो अबसरमा नेकपा (माके) जिल्ला सदस्य रामहरि बजगाई, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव श्रीराम कार्की, सचिवालय सदस्य गजेन्द्र पन्त, श्रीप्रसाद भट्टराई, नगर कमिटी अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) व्यास– १ वडा कमिटी अध्यक्ष बादल आले, व्यास– १४ वडा कमिटी अध्यक्ष एच.बि.मगर, वाइसिएल व्यासनगर कमिटी इन्चार्ज विष्णु ठकुरी, वाइसिएल व्यासनगर अध्यक्ष निर्दाेष भट्टराई, अरूण कुमार थापा, तिल बहादुर थापा, वाइसिएल व्यासनगर सदस्यद्वय रोजन थापा र शिव थापा लगायतकाले स्व.दाहालको तस्बीरमा पुष्पा अर्पण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij