Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ समाज हङकङ्गको स्थापना दिवसमा तनहुँका दुई पत्रकार सम्मानित 

  • 240
    SHARES
  • 240 Shares
  • जनचाहना न्युज 
    तनहुँ १५ भदौ 
    तनहुँ समाज हङकङ्गको २४ औ स्थापनाको अवसरमा बुधबार तनहुँका दुई पत्रकार सम्मानित भएका छन् । दमौलीमा आयोजित पत्रकार सम्मान कार्यक्रममा प्रताप राना र कृष्ण न्यौपाने सम्मानित भएका हुन् । 
    समाजले गर्दै आएका क्रियाकलापका बारेमा संञ्चारकर्मीले उल्लेखनीय भूमिका निर्वाह गरी प्रचारप्रसारमा सहयोग पुराएको भन्दै समाजले सम्मान गरेको हो । 
    कार्यक्रमका प्रमुख अतिथी व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने,समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ्ग,निवर्तमान अध्यक्ष जंगबहादु थापा,कार्यक्रम संयोजक प्रदीप काफ्ले लगायतकाले उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । 
    पत्रकारद्वयलाई नगद रु.पाँच हजार पाँच सय पचपन्न र प्रमाणपत्रले सम्मान गरेको तनहुँ समाज हङकङ्गका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए 
    कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले पत्रकारहरु स्वभिमानपूर्वक अघि बढ्न प्रेरणा मिल्ने बताए । पत्रकारको कलम अझै सशक्त र जिम्मेवारीपूर्वक चलाउन पनि सम्मान कार्यक्रमले थप उर्जा मिल्ने उनको धारणा थियो ।  
    कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल,प्रेस युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्की,प्रेस चौतारीका अध्यक्ष बिबि श्रेष्ठ,नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डम्बर अधिकारी,सम्मानित व्यक्तित्व प्रताप राना लगायतका वक्ताहरुले सम्मान कार्यले पत्रकारलाई थप जिम्मेवार बनाउनेमा जोड दिएका थिए । समाजले शिक्षा,धार्मिक,स्वास्थ्य,विपद् लगायतका क्षेत्र र बिपन्न व्यक्ति आर्थिक सहयोग गर्दै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार