Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानु माध्यमिक विद्यालयको अध्यक्षमा थापा चयन

  • 707
    SHARES
  • 707 Shares
  • व्यासनगरपालिका–१० स्थित भानु माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा बिष्णु बहादुर थापा चयन हुनु भएको छ । 
    त्यसैगरी समितिको सदस्यहरुमा अनिसरा गुरुङ,सदस्य लिल बहादुर बि क, सदस्य सुरेन्द्र गुरुङ निर्वाचित हुनु भएको छ भने शिक्षक अभिभावक संघ को अध्यक्षमा पदम बहादुर दरै निर्वाचित हुनुभएको छ । व्यासनगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा उक्त कार्यक्रममा वडा सदस्य पतिमाया दरै,नेकाँ वडा उपसभापति खेमराज पोख्रेल,सचिव प्रेम राज मिश्र, बिव्यस पूर्व अध्यक्ष मिन बहादुर थापा, प्रअ राजेन्द्र प्रसाद सिग्देल, समाजसेवी राम बहादुर   बि.क., चेत बहादुर दरै,पुर्व प्रअ प्रेम बहादुर दरै, बिष्णु बहादुर थापा लगायतका वक्ताहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको साथै भावी बन्ने बिव्यसलाई शुभकामना व्यक्त गरेका थिए । करिब १२० जना अभिभावकहरु बीच सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको सहजीकरण एवं संचालन विद्यालयका शिक्षक प्रतिनिधि कृष्ण प्रसाद तिवारीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार