Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसमा भदौ २२ गते मतदान  

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज 
    तनहुँ १९ भदौ 
    व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा भदौ २२ गते मतदान हुने भएको छ । क्याम्पसको नयाँ नेतृत्वको लागि कार्यतालिका प्रकाशित गरी सो कुराको जानकारी गराइएको हो । 
    भदौ २० गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन नामावली प्रकाशन,दाबी बिरोध र अन्तिम नामावली प्रकाश गरिने छ । 
    भदौ २१ गते उम्मेद्वार माथिको दावी बिरोध छानबिन उम्मेद्वारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिने प्रबन्ध समिति संयोजक त्रैलोक्य वाग्लेले जानकारी दिए ।
    क्याम्पस संचालक समितिमा चौध जना सदस्य निर्वाचित हुने र अन्य मनोनयन चयन गर्ने प्रावधान रहेको छ ।  अल्पसंख्यक,आदिवासी दलित,अपांग,जग्गादाता लगायतबाट ७ जना र ७ जना खुला गरी चौध जनाको चुनाव हुनेछ ।  अन्य मनोनयन गर्ने व्यवस्था रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । क्याम्पस संचालक समितिको अध्यक्ष निर्वाचित भएका सदस्यहरु मध्येबाट हुने प्रावधान रहेको उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार