जनचाहना न्युज
तनहुँ १९ भदौ
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस अवसरमा आइतबार आयोजित हाजिरी जवाफ प्रतियोगितामा दमौलीको सत्यवती माध्यमिक विद्यालय प्रथम भएको छ । सोसाइटीको ६० औं दिवसको अवसरमा सहभागि बाइस बिद्यालयलाई पछि पार्दै उक्त विद्यालयले प्रथम स्थान हासिल गरेको हो ।
जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा म्याग्दे गाउँपालिका स्थित मिन माध्यमिक विद्यालय थर्पुमा सञ्चालन भएको माध्यमिक ९–१२ स्तरिय हाजिरी जवाफ मिन मा वि थर्पु दोस्रो र सरस्वती सदन मा वि भानु तेस्रो स्थान भएका छन्।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापती कृष्णा हरि वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला उपसभापती ऋषिराम पोखरेल,सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठ,युबा रेडक्रस गण्डकी प्रदेश समिति संयोजक रामदत्त पौडेल,सदस्य सुनिता तिवारी तथा आयोजक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी, वरिष्ठ शाखा अधिकृत शिवकाजी पिया लगायत ब्यक्तित्वहरुले रेडक्रसको मानविय अभियान तथा युबा रेडक्रस गतिविथिको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij