जनचाहना न्युज
तनहुँ २० भदौ
नपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा म्याग्देको थर्पुमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा दमौलीको सत्यवती माध्यमिक विद्यालय प्रथम भएको छ ।
जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा आइतबार आयोजना गरेको माध्यमिकस्तरीय हाजिर जवाफ प्रतियोगितामा बाइस बिद्यालयका विद्यार्थी सहभागि भएका थिए । एक्काइस वटा विद्यालयलाई पछि पार्दै सत्यवती माविका विद्यार्थीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । । त्यसैगरी मिन मावि थर्पु दोस्रो र सरस्वती सदन मावि भानुले तेस्रो स्थान प्राप्त गरे । कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो । पुरस्कार रु.चार हजार,तीन हजार र दुई हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीको क्षमतामा बृद्धि गर्न र आन्तरिक प्रतिस्पर्धा गर्नको लागि सहज बनाउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको युबा रेडक्रस गण्डकी प्रदेश समिति संयोजक रामदत्त पौडेलले जानकारी दिए ।

उकार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापती कृष्णा हरि वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला उपसभापति ऋषिराम पोखरे ,सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठ,युबा रेडक्रस गण्डकी प्रदेश समिति सदस्य सुनिता तिवारी तथा आयोजक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी, वरिष्ठ शाखा अधिकृत शिवकाजी पिया लगायत व्यक्तिहरुले रेडक्रसको मानविय अभियान तथा युबा रेडक्रस गतिविधिका बिषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रम नेपाल युबारेडक्रस सर्कल मिन मावि का अध्यक्ष कामना श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij