जनचाहना न्युज
तनहुँ २० भदौ
व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा १२ अध्ययनरत विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीलाई सोमबार स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । स्वागत कार्यक्रममा विद्यार्थीको साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम गरी नवआगन्तुक बिद्यार्थीलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवं व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले कार्यक्रमको उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख दरैले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने बताइन् ।
विद्यार्थी बीच एक आपसमा भाइचाराको सम्बन्ध कायम हुने भएकोले विद्यालयले प्रशासनीय कार्य गरेको उनले बताइन् । कार्यक्रमा वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश वाग्ले, प्राज्ञिक विद्यार्थी परिषदका महासचिव रमेश कँडेल, शिक्षक अभिभावक संघको अध्यक्ष सोमराज सिग्देल, सदस्य विकास खनाल, विद्यार्थीहरु दिपा बिक, सन्तोष सुनार, गणेश गिरी लगायतका वक्ताहरुले स्वागत कार्यक्रमले बिद्यार्थीहरुमा हौसला बढ्नुका साथै एकआपसमा आत्मियता बढ्ने कुरामा जोड दिएका थिए । कार्यक्रम विद्यार्थी उत्सव लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij