जनचाहना न्युज
तनहुँ २० भदौ
विपी विचार समाज तनहुँ–काठमाडौं सम्पर्क समिति सोमबार गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा विपी विचार समाज तनहुँका सल्लाकार हरिभक्त ढकाललाई सर्बसम्वत रुपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा कमल खनाल,सचिवमा सुदीप पण्डित, कोषाध्यक्षमा ज्ञानराज ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नुरचन्द्र वाग्ले, दीपकराज जोशी, वेदनाथ अधिकारी, शोभा विमली, ज्ञानराज थापा र प्रमोद ढकाल सर्वसम्वत चयन भएका छन् ।
देवघाटको सभापतिमा न्यौपाने
त्यसैगरी,बिपी विचार समाज देवघाट गाउँपालिकाको संयोजकमा कृष्णराज न्यौपानेलाई चयन गरिएको छ । सदस्यहरुमा दिव्यदेव पौडेल, गणेश तिवारी, तीर्थलाल गुरुङ र गणेश गुरुङ चयन भएका हुन् । 
विपी राष्ट्रिय सहसभापति तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको विशेष उपस्थिती र समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ र जिल्ला सभापति हरिशरण पण्डितको विशेष उपस्थितीमा दमौलीमा भेला गरी समाज गठन गरेको हो । यस अघि नौ वटै पालिकामा समाज गठन भई सकेको बिपी समाज तनहुँले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij