एस.बि.नेपाली
तनहुँ २१ भदौ साँकेतिक तस्बीर ः
तनहुँको सदरमुकाम दमौली माथिको गाउँ हो, मानहुँ डाँडा । तल दमौली बजार छ,मादी र सेती नदीको संगमस्थल छ । उक्त नदीको संगमस्थलको दायाँबाया छ,व्यास गुफा र पराशर गुफा । सोही गुफाको शीरमा करिब ११०० मीटर उचाईमा रहेको गाउँ हो,मानहुँडाँडा ।
झण्डै एक बर्ष अघि मानहुँ डाँडाबाट देखिने कुहिरोका कारण टिकटकमा भाइरल भएपछि पोखरा काठमाण्डौ जाने आन्तरिक र बाह्य पर्यटकको अग्रणी गन्तव्यस्थल बनेको छ मानहुँ डाँडा ।
हामीले यसलाई पर्यटकीयस्थलको रुपमा विकास गरेका छौ । ‘व्यास नगरपालिका–५ का बर्तमान अध्यक्ष हिमाल श्रेष्ठले भने । ‘चापाघाटबाट देखि मानहुँ डाँडामा पुग्न सवारी साधानबाट करिब पन्ध्र मिनेट लाग्छ ।’
सदरमुकाम दमौलीबाट करिब ७ किलोमिटर दुरीमा उक्त मानहुँ डाँडा पर्दछ । मानहुँ डाँडामा खानेपानीको चर्को समस्याका कारण बसाईसराईले गाउँ नै रित्तिदै गएको हो । विकास निर्माणले गति लिन थालेसंगै पुन ः बस्ती बिस्तार हुन थालेको छ ।
स्थानीय रेवती थापामगर र शुकराम मगर त्यसक्षेत्रका पुराना रैथाने व्यक्ति हुन् । अन्य मानिसहरु सुविधाको लोभमा बसाईसराई गरेपनि उहाँहरुले आफ्नो थलो छाडेनन् ।

विकासका गतिले फड्को मार्न थालेपछि स्थानीय करिब पाँच घरपरिवार पुन ः गाउँ फर्किएर बस्न थालेको स्थानीय शुकराम मगर बताउँछन् ।
मानहुँ डाँडामा पर्यटन प्रबद्र्धनका लागि विकासका पूर्वाधारलाई प्राथामिकता दिएपछि अन्य स्थानीय मानिसहरु पनि गाउँ फर्किने योजनामा रहेको उनले जानकारी दिए ।
व्यास नगरपालिका कार्यालयले मानहुँ डाँडामा पुन ः बस्ती बसाउने उद्वेश्यले खानेपानी,सडक,बिद्युत र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा बिकास कार्य गर्दै आएको छ ।
मानहुँ डाँडामा यतिबेला बस्तीसंगै होटल व्यवसाय फस्टाउँदै गएको होटल भ्यू टावरका संचालक चूडामणि दाहालले जानकारी दिए ।
उक्त मानहुँ डाँडामा दमौलीका चूडामणि दाहाल र प्रेम राउतले झण्डै रु.डेढ करोड लगानी गरी होटल सञ्चालन गर्दै आउनुभएको छ ।
करिब एक रोपनी क्षेत्रफल जग्गा खरिद गरेर आर्कषण होटल निर्माण गरिएको छ । उक्त होटलमा कम्तीमा चालिस जनासम्म बस्न मिल्ने क्षमताको रहेको छ ।
स्थानीयस्तरमा उत्पादित बस्तुलाई प्राथामिकतामा राखिएको छ । दिनमा एक सय भन्दा बढी पर्यटकहरु मानहुँ डाँडामा घुम्न आउने गरेको अर्का होटल संचालक प्रेम राउतले जानकारी दिए ।
उक्त स्थानमा भ्यू टावरबाट सूर्योदय मनोरम दृश्यका साथै हरियाली डाँडाकाँडा र स्थानीय खानाका परिकारले पर्यटकहरुलाई आर्कषण गरेको छ । साना ठुला गरी झण्डै डेढ दर्जनको हाराहारीमा मानहुँकोटमा होटलहरु खुलिसकेका छन् । पर्यटन प्रबद्र्धन गर्नका लागि व्यास नगरपालिका कार्यालयले मानहुकोटमा भ्यू टावर निर्माण गरेको छ । व्यास नगरपालिकाको रु.चालिस लाखको लागतमा उक्त टावर निर्माण गरेको हो ।
भ्यू टावरबाट सूर्योदयको मनोरम दृश्यका साथै गोरखा,लमजुङ्ग,कास्की लगायतका विभिन्न जिल्लाका अग्ला र हरियाली डाँडा सजिलै देख्न सकिन्छ ।
खानेपानीको चर्को समस्या रहेको यस स्थानमा पानीको पहँुच पु¥याउन संघीय सरकारबाट रु.दुई करोड बजेट बिनियोज भैसकेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उजाडिएको बस्तीमा पुन ः बस्ती बसाउने र ऐतिहासिक मानहुँ डाँडा क्षेत्रको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्वेश्यले खानेपानी र सडकलाई प्राथामिकतामा राखेर काम गर्दै आएको उनले बताए ।
मानहुँ डाँडामा सिद्धबाबाको मन्दिर निर्माण गर्नका लागि संघीय सरकारबाट रु.पच्चीस लाख र गण्डकी प्रदेश सरकारबाट रु.पाँच लाख बजेट बिनियोजन भैसकेको छ ।
विकासको शुरुवातसंगै बस्ती बिस्तार हुन थालेपनि मानहुँकोटको मुहार फेरिनेमा आफु बिश्वास्त रहेको उनले बताए । संघीय सरकारको रु.दश करोड करोड लगानीमा सडक बिस्तारका कार्यका साथै कालोपत्र कार्य गरिएको छ । यस आवमा रु.सत्तरी लाख बजेट विनियोजन गरी सडक बिस्तारका कार्य भैरहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij