Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

निर्मल माविको अध्यक्षमा दरै,शिक्षक अभिभावक संघमा खनाल चयन

  • 512
    SHARES
  • 512 Shares
  • व्यासनगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तमबहादुर दरै सर्वसम्वत चयन हुनुभएको  छ । विद्यालयमा बिहीबार आयोजित अभिभावक भेलाले दरैलाई अध्यक्ष पदमा चयन गरेको हो । समितिको सदस्यहरुमा बिष्णुहरि न्यौपाने,इन्द्र बहादुर मल्ल,शान्ता छिमाल गरी चार सदस्यीय समिति गठन गरेको छ । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा हरिशरण खनाल सर्वसम्वत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा होमबहादुर श्रेष्ठ,चिजा भुजेल,रामकुमारी आले  र बिना थापा चयन भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । विव्यास तदर्थ समितिका संयोजक तथा व्यासनगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार