Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भदौ २५ गते  दमौलीमा बिश्व आत्महत्या रोकथाम दिवस मनाइने 

  • 232
    SHARES
  • 232 Shares
  • जनचाहना न्युज 
    तनहुँ २२ भदौ 
    आगामी भदौ २५ गते शनिबार दमौलीमा ‘बिश्व आत्महत्या रोकथाम दिवस’ मनाइने भएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन (कोशिश) को आयोजनामा बिहान ८ बजे अनसन चौतारीमा उक्त दिवस मनाउन लागेको हो ।  
    सन् २००८ देखि मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कोशिश संस्थाको आयोजनामा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । 
    मानसिक समस्याको अन्तिम दुखद परिणाम आत्महत्या भएकोले यसको रोकथाम गर्ने उद्वेश्यका साथ व्यापक जनचेतनामुलक कार्यक्रम गर्न लागेको संयोजक महेन्द्र आचार्यले जानकारी दिए । 
    उक्त दिन बिहान प्रभातफेरी कार्यक्रम पश्चात सहयोग कक्ष उदघाटन गर्ने कार्यक्रम रहेको कोशिशका कार्यक्रम संयोजक आचार्यले   बताए । 
    कार्यक्रममा सन्देशमुलक पम्प्लेट वितरण,सहयोग कक्ष,मनोपरामर्शको लागि निशुल्क टोल फ्रि नम्बर लगायतका जनचेतनामूलक कार्यक्रम गरिने छ ।
    बर्तमान अवस्थामा मानसिक समस्याहरु डिप्रेसन,चिन्ता,रोगहरु,लागुपदार्थका कारण हुने मानसिक समस्या,कडा मानसिक समस्या लगायत समाजमा व्याप्त रहेकोले सचेतनामूलक सन्देशबाट न्यूनिकरण गर्न सहज हुने बिश्वास गरिएको छ । 
    उक्त रोकथामको लागि सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने अवस्था सिर्जना भएकोले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सो संस्थाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार